• ट्रेण्डिङ:

राजनीति नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी

राजनीति नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी

रोदिक खबर

६, आश्विन २०७७
  • 1.8K
    SHARES
  • राजनीति     नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। गत आइतबारदेखि सुरू भएको पहिलो दिनको बैठक पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा बसेको थियो।

    सोमबार पेरिसडाँडामै अर्को बैठक बस्ने भनिए पनि स्थगित भएको थियो। सोमबारै भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको भेटपछि मंगलबारको बैठक बालुवाटारमा बस्ने तय भएको हो।

    आइतबारको बैठकले छलफलका लागि चारवटा एजेन्डा तयार गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार, मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्तिबारे सुझाव, सांगठनिक एकताको बाँकी काम र विविध छन्। मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल आइतबारै भइसकेको छ।

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १३:३५:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको