धनकुटा । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधि सभा र राष्टिय सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
कांग्रेसको आज (मंगलवार) सम्पन्न भएको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटा जिल्लाबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि पार्टीका यूवा नेता तथा महामन्त्री गगन कुमार थापा सहित धनकुटाका जिल्ला सभापति दिनेश राई, पूर्व सभापतिद्वय हरीकुमार राई र मनोहर नारायण श्रेष्ठको नाम सिफारिस गरेको हो ।
यसैगरी समानुपातिकतर्फ कमोट कुमार फागु, टिका भण्डारी, सिता प्रधान, अम्विका धमला, करुणा कटुवाल, उदय वहादुर लिम्बु,मिना राई, रामजी कोगरेन, चन्द्र यांखा, मिन बहादुर कार्कीको नाम सिफारिस गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।
सचिव राईका अनुसार धनकुटा जिल्लाबाट प्रत्यक्ष तर्फको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अनुरोध गरी उम्मेदवारका लागि सिफारिस गरिएको हो ।
यस्तै, बैठकले राष्टिय सभाका लागि सुनिल बहादुर थापा,आनन्द सन्तोषी राई,अजित नारायण सिंह थापा, लोकेन्द्र श्रेष्ठ, शिवकुमार राई, महिलातर्फ लिला सुब्बा, अञ्जना ताम्ली र दलिततर्फ रविन्द्र नेपाली,अम्विका परियार, इन्द दर्नाल लगायतका नेताहरुको नाम सिफारिस गरेको धनकुटा कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरण र नविकरणका लागि ६० वटै वडाहरुमा अभियान संचालन गर्ने पार्टीको १५ औ अधिवेशन सम्पन्न गर्न सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय समेत गरेको धनकुटा कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्लाका जिल्ला सचिव राई र जयन्द्र घिसिङले बैठकको एजेण्डा र अहिलेसम्म नेपाली कांग्रेस धनकुटाले गरेको गतिविधिहरुको वारेमा प्रस्तुत गरेको धनकुटा कांग्रेसले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझा, संविधान सभा सदस्य लिला सुब्बा, सहसचिव गिरिजाप्रसाद दाहाल, जिल्ला सदस्यहरु कमोट कुमार फागु, जिल्ला सदस्य तथा पाख्रिवास नगरपालिकाका नगरप्रमुख ज्ञानवहादुर गुरुङ, अम्विका धमला, मिन कार्की, चन्द्र यांखा, महासमिति सदस्य सिता प्रधान, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, क्षेत्रिय सभाापति जितेन्द्र राई, महालक्ष्मी नगरपालिका नगरप्रमुख तथा नगरसभापति ध्रुवराज राया, नेता टिकादेवी भण्डारी, क्षेत्रिय उपसभापति चन्द्र लिम्बु, धनकुटा नगर कार्य समितिका सभापति अभिषेक कर्माचार्य,पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारी, सहिदभूमी गाउँपालिका कार्य समितिका सभापति नेपालधन राई, सहिदभूमी गाउँपालिका कार्य समितिका सभापति टंक राई, नेता दामोदर सुवेदी, हरी दियाली लगायतका नेताहरु आ- आफ्नो धारणा राखेका थिए ।