• ट्रेण्डिङ:

एमाले खोटाङद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस

एमाले खोटाङद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस

रोदिक खबर

२१, पौष २०८२
  • 9.2K
    SHARES
  • एमाले खोटाङद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस

    खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङले १० जनाको नाम सिफारिस गरेको छ ।

    एमाले खोटाङको सोमबार बसेको सचिवालयको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको हो ।

    एमाले खोटाङले केन्द्रीय सदस्य विशाल भट्टराई, कोशी प्रदेश कमिटी उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवविक्रम राई, पूर्व केन्द्रीय सदस्य खगेन्द्र राई, पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, प्रदेश सभा सदस्य पाँचकर्ण राई (पिके), पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, कोशी प्रदेश लेखा आयोग सचिव ओमप्रकाश घिमिरे, जिल्ला सचिवालय सदस्य धनकुमारी श्रेष्ठ तथा अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु उपरकोटीको नाम सिफारिश गरिएको एमालेले जनाएको छ ।

    सिफारिस गरिएका उम्मेदवारहरूको नाम आजै प्रदेश कमिटीमा पठाइएको जिल्ला अध्यक्ष देवविक्रम राईले जानकारी दिए ।

    अध्यक्ष राईका अनुसार जिल्ला सचिवालयको बैठकले सबै आकांक्षीहरूको नाम सर्वसम्मत रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

    प्रकाशित मिति :पौष २१, २०८२ सोमवार - १८:३६:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको