• ट्रेण्डिङ:

नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ?

नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ?

रोदिक खबर

७, आश्विन २०७७
  • 4.6K
    SHARES
  • नेपालमा कोरोना अपडेट :  कुन जिल्लामा कति थपिए संक्रमित ?


    काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ जना महिला र ६ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षिय र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दियामा ६५ र ३९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ६८ वर्षिय महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।

    बितेको २४ घण्टामा नेपालमा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ ।

    आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ जना रहेको छ । प्रदेश नम्बर १ मा ४१, प्रदेश नम्बर २ मा ८ सय ६३, बाग्मती प्रदेशमा ४ हजार ६ सय ५० र गण्डकी प्रदेशमा ६ सय ३६ जना संक्रमित संस्थागत आइसोलनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ५९, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ९० गरी देशभरी संस्थागत आइसोलेसनमा ८ सय २ सय २८ जना संक्रमित रहेका छन् ।

    आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय २२, प्रदेश नम्बर २ मा ७ सय २५, बाग्मती प्रदेशमा ५ हजार ५ सय १६ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय २५ र १ सय ९५ जना गरी देशभरी ९ हजार १ सय ८६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । आइसियुमा २ सय २० र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन् ।

    आज १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ५ सय १६, प्रदेश नम्बर २ मा १२ हजार ७ सय ६०, बाग्मती प्रदेशमा १२ हजार ८ सय १२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ७ सय ७५, कर्णाली प्रदेशमा २ हजार ७ सय ८२ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ६८ गरी आजसम्म ४९ हजार ९ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    स्वास्थ्य मन्त्रालयको २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लक डाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तरगतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लक डाउन गर्न सिफारिस गरेको हो ।

    २५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लक डाउनको सिफारिस गरिएको उनले बताए। साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उनले बताए।

    विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकामा स्वीकृति दिने निकायले कडाईका साथ अनुगमन गरी कारवाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    कुन जिल्लामा कतिजना थपिए रु यस्तो छ स्वास्थ्य मन्त्रालयले दिएको विवरण ?

    No photo description available.

    c.jpg

    c2o.jpg

    प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १७:३१:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको