• ट्रेण्डिङ:

सही नेतृत्व अभावले खोटाङ पछि पर्यो : भुपेन्द्र राई

सही नेतृत्व अभावले खोटाङ पछि पर्यो : भुपेन्द्र राई

रोदिक खबर

९, फाल्गुण २०८२
  • 2.0K
    SHARES
  • सही नेतृत्व अभावले खोटाङ पछि पर्यो : भुपेन्द्र राई

    खोटाङ। कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईले सही नेतृत्व छनोट गर्न नसक्दा खोटाङ जिल्ला विकासका दृष्टिले पछाडि परेको बताएका छन्।

    खोटाङको राखाबाङ्देलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री राईले विगतका गलत निर्णय र कमजोर नेतृत्वका कारण जिल्लाले अपेक्षित गति लिन नसकेको दाबी गरे।

    उनले अब मतदाताले विवेकपूर्ण निर्णय गर्नुपर्ने समय आएको उल्लेख गर्दै भने, “गलत नेतृत्वको परिणाम जनता स्वयंले भोग्नुपरेको छ। अब परिवर्तनका लागि सही नेतृत्व चयन अपरिहार्य छ।”

    आफू प्रदेश सभा सदस्य निर्वाचित भएपछि खोटाङमा अरबौं रुपैयाँ बराबरका योजना भित्र्याउन सफल भएको उल्लेख गर्दै उनले जिल्लाको जटिल भूगोल, पूर्वाधार अभाव र दीर्घकालीन विकास समस्याको समाधानका लागि प्रतिनिधि सभामा सक्षम र दूरदर्शी नेतृत्व आवश्यक रहेको बताए।

    महामन्त्री राईले समृद्धि, सुशासन र दिगो विकासका लागि इमान्दार तथा जवाफदेही नेतृत्व अनिवार्य भएको उल्लेख गर्दै त्यसका लागि नेपाली कांग्रेस नै भरपर्दो विकल्प भएको जिकिर गरे।

    अहिले देश गम्भीर मोडमा पुगेको उल्लेख गर्दै उनले वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको धारणा राखे।

    कार्यक्रममा नेपाली कांग्रेस खोटाङका उम्मेदवार बीरकाजी राईले आफूलाई निर्वाचित गराएर पठाए खोटाङका जनताको शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    Screenshot_20260221_190611_Gallery(1).jpgउनले जिल्लाको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

    त्यसैगरी, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य जितेन्द्रसिं ठकुरीले सभालाई सम्बोधन गर्दै पार्टीको विजयी अभियानलाई सशक्त बनाउन सबैलाई आह्वान गरे।

    चुनावी सभामा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - १९:०५:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको