• ट्रेण्डिङ:

नवलपरासी र कपिलवस्तुका २ संक्रमितको बुटवलमा मृत्यु

नवलपरासी र कपिलवस्तुका २ संक्रमितको बुटवलमा मृत्यु

रोदिक खबर

८, आश्विन २०७७
  • 2.4K
    SHARES
  • नवलपरासी र कपिलवस्तुका २ संक्रमितको बुटवलमा मृत्यु

    बुटवल । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । 

    गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

    यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - ०९:०६:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको