खोटाङ - प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ४१ प्रतिशत मत खसेको छ। एउटा प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ महिला र ३३ हजार पुरुष गरि ६३ हजार ३५ जनाले मतदान गरेका छन् ।
एउटा प्रतिनिधिसभा निर्वाचनका लागि १९५ मतदान केन्द्र र १३६ मतदानस्थल रहेको यहाँ १ लाख, ४७ हजार १ सय २० मतदाता थिए।
मतदानस्थलबाट मतपेटिका सिल गर्ने काम भइरहेको र रातारात गरेर सदरमुकाम ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।