बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली कांग्रेस देउवा पक्षले तोक्यो खोटाङका छ पालिकामा अधिवेशन तयारीका लागि संयोजक

नेपाली कांग्रेस देउवा पक्षले तोक्यो खोटाङका छ पालिकामा अधिवेशन तयारीका लागि संयोजक

रोदिक खबर

८, आश्विन २०८३
  • 2.2K
    SHARES
  • नेपाली कांग्रेस देउवा पक्षले  तोक्यो खोटाङका छ पालिकामा अधिवेशन तयारीका लागि संयोजक

    खोटाङ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि खोटाङका छ स्थानीय तहमा अधिवेशन तयारी संयोजक तोकेको छ।

    कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले खोटाङको जिल्ला संयोजकको जिम्मेवारी रोजन राईलाई दिएको छ। राईले जिल्लाका विभिन्न पालिकामा महाधिवेशन तयारीलाई अघि बढाउन छ जना संयोजक तोकेका हुन्।

    महाधिवेशन तयारीका लागि हलेसी तुवाचुङ नगरपालिकामा सयन्द्र राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अमृत गिरी, बराहपोखरी गाउँपालिकामा खिलाराज राई (दिपक), जन्तेढुङ्गा गाउँपालिकामा अनिता राई, साकेला गाउँपालिकामा योगेश गुरुङ र खोटेहाङ गाउँपालिकामा कर्णबहादुर राउतलाई संयोजकको जिम्मेवारी दिइएको हो।

    जिल्ला अधिवेशन तयारी समितिले पालिका संयोजकहरूलाई सम्बन्धित पालिकाभित्रका पार्टी नेता, कार्यकर्ता तथा तहगत समितिसँग आवश्यक समन्वय र सहकार्य गर्दै महाधिवेशनको तयारीलाई प्रभावकारी रूपमा अघि बढाउन जिम्मेवारी दिएको जनाएको छ ।

    संयोजकहरूले पालिका तहमा संगठन निर्माण तथा सुदृढीकरणसँगै महाधिवेशन तयारीका कामलाई व्यवस्थित बनाउनुपर्नेछ। जिल्ला अधिवेशन तयारी समिति तथा सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्र समितिसँग निरन्तर समन्वय र सम्पर्कमा रही प्राप्त निर्देशनअनुसार काम गर्नसमेत उनीहरूलाई आग्रह गरिएको छ।

    देउवा पक्षले जिल्लामा रोजन राईलाई संयोजक बनाएर वडा, पालिका हुँदै माथिल्ला तहका अधिवेशन तयारीलाई अघि बढाइने जनाइएको छ।

    यस्तै, अधिवेशन तयारी लागि खोटाङ प्रदेशसभा क्षेत्र ‘क’ को संयोजकमा उद्धव राई र प्रदेशसभा क्षेत्र ‘ख’ को संयोजकमा वसन्त राईलाई यसअघि नै तोकि सकिएको जिल्ला संयोजक राईले बताए ।

    प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १९:४८:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको