काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको आरोप लगाएका छन्। शनिबार राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धराशायी बनाउँदै लगेको बताएका हुन्।
कम्युनिस्ट पार्टीको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफू पनि राजनीतिक रुपमा धराशायी बन्दै गएको उनको आरोप छ। अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिस्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको उनले बताए।
जनता उपचार र खाना नपाएर मरिरहेको भएपनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको उल्लेख गरेका थिए।
समाजवाद, संघीयता र लोकतन्त्रको बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्ने तर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनााइ थियो।
कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिस्टहरुले मुलुकलाई धराशायी पारे र आफुपनि त्यसरी नै धरासायी भए। अहिले त्यही बाटोमा नेपाल पनि छ। भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ। यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला उनले भने।
राजधानीमा भएको एक कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गरेकाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका हुन्।