• ट्रेण्डिङ:

सभापति देउवालाई पौडेल समूहले बुझायो ज्ञापनपत्र (पूर्णपाठसहित)

सभापति देउवालाई पौडेल समूहले बुझायो ज्ञापनपत्र (पूर्णपाठसहित)

रोदिक खबर

१२, आश्विन २०७७
  • 2.6K
    SHARES
  • सभापति देउवालाई  पौडेल समूहले बुझायो ज्ञापनपत्र (पूर्णपाठसहित)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले सभापति शेरबहादुर देउवासमक्ष विभिन्न मागहरुसहित ज्ञापन पत्र बुझाएका छन् । सोमवार पार्टी कार्यालयमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाअध्यक्ष सीतादेवि यादव लगायत पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाले देउवासमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

    साथै उक्त समूहरुले उठाउँदै आएको माग सम्बोधनका लागि भन्दै एक हप्ते अल्टिमेटम समेत दिएका छन् । निरन्तर पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका मुद्दा उठाउँदै र विरोध गर्दै आइरहेका छन् ।

    पौडेल समूहले आइतवार पार्टी कार्यालयमा दर्ता गरेको ज्ञापन पत्रमा आगामी महाधिवेशन महाधिवेशन स्वच्छ, निस्पक्ष गर्ने वातावरण सृजना गर्न आग्रह गरेका छन् ।

    त्यस्तै आगामी केन्द्रीय कार्यसमितिको बैठकसम्म न्यायपूर्ण र विधिसम्ममत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता नदेखाए वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुने समेत चेतावनी दिएका छन् ।

    यस्तो पौडेल पक्षले बुझाएको विरोधपत्र

    प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १७:४२:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको