• ट्रेण्डिङ:

प्रमुख प्रतिपक्षी कांग्रेसले सामाजिक दुरी कायम गर्दै सरकारविरुद्ध देशभर आन्दोलन चर्काउने 

प्रमुख प्रतिपक्षी कांग्रेसले सामाजिक दुरी कायम गर्दै सरकारविरुद्ध देशभर आन्दोलन चर्काउने 

रोदिक खबर

१४, आश्विन २०७७
  • 3.6K
    SHARES
  • प्रमुख प्रतिपक्षी कांग्रेसले सामाजिक दुरी कायम गर्दै सरकारविरुद्ध देशभर आन्दोलन चर्काउने 

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक दुरी कायम गर्दै सरकारविरुद्ध देशभर आन्दोलन चर्काउने भएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको उनी निकटका नेताहरुको बैठकले ओली नेतृत्वको सरकारले गरिरहेको पछिल्ला कामबारे समीक्षा गर्दै आन्दोलनको विषयमा गहन छलफल भएको थियो।

    यसका साथै सरकारविरुद्ध आन्दोलनमा जानेबारे आगामी १९ गते बस्ने केन्द्रीय समितिको बैठकमा समेत प्रस्ताव लैजाने र केन्द्रीय समितिको बैठकले आन्दोलनलाई निर्णायक रुपमा लैजाने कांग्रेसका एक नेताले बताए।

    सभापति निवास बूढानिलकण्ठमा देउवा समूहका नेतामात्रै छलफलमा थिए । यसका साथै उक्त बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको ज्ञापनपत्रका बारेमा १९ गते नै जानकारी गराउने पनि निष्कर्ष निकालेको छ।

    प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १७:०४:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको