• ट्रेण्डिङ:

राष्ट्रिय युवा संघ खोटाङको इन्चार्जमा राजुविक्रम, सह–इन्चार्जमा दिनेश

राष्ट्रिय युवा संघ खोटाङको इन्चार्जमा राजुविक्रम, सह–इन्चार्जमा दिनेश

रोदिक खबर

१६, आश्विन २०७७
  • 7.3K
    SHARES
  • राष्ट्रिय युवा संघ खोटाङको इन्चार्जमा राजुविक्रम, सह–इन्चार्जमा दिनेश

    खोटाङ । राष्ट्रिय युवा संघ नेपाल खोटाङको इन्चार्जमा राजुबिक्रम चाम्लिङ चयन भएका छन् । राष्ट्रिय एकता भेला र केन्द्रीय कमिटीको बैठकले दिएको म्यान्डेट अनुसार संगठनको संगठनात्मक एकताको प्रक्रिया टुंग्याउनेक्रममा खोटाङमा वाइसिएल नेपालकातर्फबाट चाम्लिङले राष्ट्रिय युवा संघको इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

    यस्तै, युवा संघकातर्फबाट दिनेश राई राष्ट्रिय युवा संघको सह–इन्चार्ज चयन भएका छन् । 

    इन्चार्ज चाम्लिङ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र सह–इन्चार्ज राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका हुन् । चाम्लिङ नेकपाका जिल्ला कमिटि सदस्य हुन् भने राई बुईपाका वडाध्यक्ष हुन् ।

    जिल्लामा राष्ट्रिय युवा संघको संयोजक र सह–संयोजक यसअघि नै टुंग्याइसकिएको थियो । राष्ट्रिय युवा संघको जिल्ला संयोजकमा रसकुमार राई र सह–संयोजकमा शरद राई चयन भइसकेका छन् ।

    राष्ट्रिय युवा संघले लामो समयदेखि थाँती रहेका जिल्लाहरुको संयोजक र सह–संयोजक तोक्दै ७७ वटै जिल्लामा इन्चार्ज, सहइन्चार्ज, संयोजक तथा सहसंयोजक चयन गरेको जनाएको छ । 

    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - २१:४९:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको