खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकामा जनता समाजवादी पार्टी रुपान्तरण गरिएको छ । केन्द्रमा संघीय समाजवादी र राजपाबीचमा एकता भएको केही समयपछि गाउँपालिका स्तरिय पार्टी समितिलाई जनता समाजवादीमा रुपान्तरण गरिएको हो ।
जनता समाजवादी पार्टीको संगठन नभएको केपीलासगढीमा गुरुराज राईको अध्यक्षतामा ५५ सदस्यीय जनता समाजवादी पार्टीको गाउँपालिका समिति गठन गरिएको छ ।
संघीय समाजवादीका केन्द्रीय सदस्य एबं प्रदेश समिति सचिव सुर्य राई, प्रदेश समिति सदस्य केशवराज कार्की, मोहन गुरुङ, जिल्ला अध्यक्ष टंकबहादुर थापा, उपाध्यक्ष पिके खम्बु, सचिव जिवराज पोखरेल, सह–सचिव आशिष राई, कोषाध्यक्ष सावित्री राई, प्रकाशन तथा प्रचार बिभाग प्रमुख रविन खम्बु, विद्यार्थी संगठनका केन्द्रीय सदस्य मिलन राई, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष रोशन राई लगायतको उपस्थितिमा गाउँ पालिका समितिलाई जसपामा रुपान्तरण गरिएको हो ।
जिल्ला समितिको एकीकरण गर्नु अगाडि हाल संघीय समाजवादी र राजपाको पालिका स्तरिय समितिलाई जनता समाजवादी पार्टीमा रुपान्तरण गर्ने कार्यक्रम भइरहेको छ ।
जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा एकतापछिको रुपान्तरण टुंग्याइएपछि जिल्ला कार्य समितिको एकता टुंग्याइने संघीय समाजवादीका जिल्ला अध्यक्ष थापाले बताए ।