काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। केसीसहित केन्द्रीय सदस्यहरु गगन कुमार थापा, शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना संक्रमण भएको कांग्रेस पार्टी कार्यालय स्रोतले बताएको छ । शुक्रवार २७० भन्दा बढीले कांग्रेस कार्यालयमा कोरोना परिक्षणका लागि स्वाब संकलन गराएका थिए।
थापाको रिपोर्टमा भने गंगा कुमार थापा लेखिएका कारण डाटामा पुन परिक्षण गर्ने काम भइरहेको कांग्रेस कार्यालय स्रोतले जनाएको छ।
आफूले स्वाब परिक्षण गराएको रिपोर्ट मिडियाबाट थाहा पाउनु दुखद भएको नेता केसीले बताए । उनले भनेका छन्, ' १५ गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड १९ पोजेटिभ भएको रिपोर्ट संचारमाध्यमबाट थाहा भयो । पार्टीबाट अझै खबर नहुनु दुःखद र खेदजनक छ। आजैदेखि सेल्फ क्वारेन्टाइनमा छु। मसंग सम्पर्कमा रहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य ठिक रहेको कुरा आग्रह गर्दछु।'
केसीले परिक्षण गराएका ब्यक्तिहरुलाई जानकारी दिनुअघी पार्टी कार्यालयबाट मिडियामा सूचना चुहाएर गलत काम भएकोमा पार्टी कार्यालयका मुख्य सचिवको आलोचना गरे। महामन्त्री पूर्ण बहादुर खड्कासँग कुरा गर्दा आफूलाई त्यसबारेमा जानकारी नभएको बताएको केसीले हाम्राकुरालाई बताए । उनले बइतवार पुन परिक्षण समेत गर्ने प्रष्ट्याए।
कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक बोलाएको थियो। धेरै सदस्यहरुलाई संक्रमण भएपछि बैठक समेत अनिश्चित बनेको छ।