• ट्रेण्डिङ:

कांग्रेसको विरोधपछि प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित

कांग्रेसको विरोधपछि प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित

रोदिक खबर

१९, आश्विन २०७७
  • 3.5K
    SHARES
  • कांग्रेसको विरोधपछि प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित

    बुटवल । कांग्रेसको विरोधपछि प्रदेश ५ को प्रदेश सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ। प्रदेश ५ को राजधानीको विषयलाई लिएर विवाद भइरहेको छ।

    आजको प्रदेश सभा बैठकमा प्रदेश सरकारले दर्ता गराएको राजधानीसम्बन्धी प्रस्तावमा छलफल हुने कार्यतालिका थियो।

    तर, प्रदेश सभा बैठक सुरु हुने वितिक्कै कांग्रेस सांसदहरुले उठेर विरोध जनाए। उनीहरुले संसद्मा नाराबाजी गरेपछि बैठक स्थगित भएको हो। प्रदेश सरकारले दाङमा राजधानी बनाउने प्रस्ताव गरेको छ। यसको सत्तापक्ष र विपक्षले विरोध गर्दै आएका छन्।

    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १४:२३:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको