• ट्रेण्डिङ:

नेकपा सचिवालय बैठक सम्पन्न, के भयो छलफल ?

नेकपा सचिवालय बैठक सम्पन्न, के भयो छलफल ?

रोदिक खबर

२०, आश्विन २०७७
  • 3.8K
    SHARES
  • नेकपा सचिवालय बैठक सम्पन्न, के भयो छलफल ?

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा निर्धारीत बूँदाका बारेमा छलफल भएको सचिवालय सदस्य तथा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    सांगठनिक एकिकरणका बाँकी काम पूरा गर्नेबारे संगठन विभागको संगठनात्मक कार्ययोजना सम्बन्धि प्रस्तावबारे यसअघिको सचिवालय बैठकमा नै निर्धारित ‘विविधको एजेण्डा’ अन्र्तगत रहेका विषयहरुबारे संबैधानिक राजनीतिक नियुक्तिहरुका बारेमा सामान्य रुपमा छलफल भएको उनले जानकारी दिए । उनले थपे – ‘छलफल जारी छ ।’

    अब छिट्टै अध्यक्षद्वयले अरु सबै एजेण्डामा छलफल गरेपछि फेरि बाँकी छलफलका लागि बैठक बोलाउने उनको भनाई छ ।

    मन्त्रिमण्डल पूनर्गठन, संबैधानिक र राजनीतिक नियुक्तीको विषयमा विषयमा के छलफल भयो भन्ने प्रश्नमा उनले त्यो विषयमा कुनै पनि कुराकानीरछलफल र जानकारी नभएको बताए ।

    डाक्टर गोविन्द केसीका विषयमा पनि बैठकमा प्रधानमन्त्रीले जानकारी गराएको बताउँदै पार्टी प्रवक्ता श्रेष्ठले सरकारले यसअघिको अनसनमा गरेको सम्झौता कार्यान्वयनको प्रक्रियामा लगेको कारण कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै प्रयास गर्ने र अहिले यो अनसन अन्त्य गर्नको लागि डाक्टर केसीसँग अनुरोध गर्ने विषयमा पनि कुारकानी भएको बताए ।

    पार्टीका दुई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो ९सोमवार० भएको छलफलपछि आज सचिवालय बैठक बसेको हो ।

    गत शनिवार सचिवालय बैठक बोलाए पनि प्रधानमन्त्री निवास बालुवाटारका ७६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक सारिएको थियो। त्यसपछि पार्टीका दुई अध्यक्षबीच भने भेटवार्ता भएको थियो ।

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - २३:११:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको