• ट्रेण्डिङ:

पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न : गगन थापाको माग

पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न : गगन थापाको माग

रोदिक खबर

२१, आश्विन २०७७
  • 4.9K
    SHARES
  • पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न  : गगन थापाको माग

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने माग गरेका छन् ।

    बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले नयाँ गुरूयोजना खारेज गरेर पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरूयोजना बनाउनुपर्ने बताएका हुन् ।

    पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै। यो गुरुयोजना नै होइन, थापाले ट्विटरमा लेखेका छन्।

    यसलाई खारेज गरौँ। पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो, उनले भनेका छन्। पशुपति क्षेत्रको वृहत्तर विकासका लागि बनाइएको भनिएको गुरुयोजनाको सरोकारवालाहरुले विरोध गर्दै आएका छन्।

     

    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १०:२१:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको