• ट्रेण्डिङ:

खोटाङमा राप्रपाको एकता सम्पन्न, अध्यक्षमा जीवनकुमार श्रेष्ठ

खोटाङमा राप्रपाको एकता सम्पन्न, अध्यक्षमा जीवनकुमार श्रेष्ठ

रोदिक खबर

२१, आश्विन २०७७
  • 5.9K
    SHARES
  • खोटाङमा राप्रपाको एकता सम्पन्न, अध्यक्षमा जीवनकुमार श्रेष्ठ

    खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता भएको छ । एकतापछि गठित जिल्ला समितिको अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । 

    दिक्तेलस्थित पार्टी कार्यालयमा भएको समायोजन समितिको बैठकल दुई पार्टीलाई मिलाएर राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष रहेका श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएको राप्रपाले जनाएको छ ।

    केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता भएको केही समयपछि जिल्लामा दुई पार्टीको समायोजन टुंग्याइएको हो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका १ नम्बर प्रदेश समितिका सह–सचिव ललितकुमार राईको प्रमुख आतिथ्यता एबं नेतृ चन्द्रकुमारी राईको विशेष आतिथ्यतामा जिल्लामा पार्टीको समायोजन टुंग्याइएको हो । 

     

    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - २१:००:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको