• ट्रेण्डिङ:

रावाबेँसी गाउँपालिकामा जनता समाजवादी पार्टी रुपान्तरण 

रावाबेँसी गाउँपालिकामा जनता समाजवादी पार्टी रुपान्तरण 

रोदिक खबर

२१, आश्विन २०७७
  • 3.4K
    SHARES
  • रावाबेँसी गाउँपालिकामा जनता समाजवादी पार्टी रुपान्तरण 

    खोटाङ । रावाबेँसी गाउँपालिकामा संघीय समाजवादीको पालिका समितिलाई जनता समाजवादी पार्टी रुपान्तरण गरिएको छ । रावाबेँसी गाउँपालिकामा राजपाको संगठन नभएकाले संघीय समाजवादीको पालिका समितिलाई नै जनता समाजवादीको पालिका समितिमा रुपान्तरण गरिएको जनता समाजवादी पार्टीका प्रकाशन तथा प्रचार बिभाग प्रमुख रबिन खम्बूले जानकारी दिए ।

    रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा भएको कार्यक्रमले कमल गुरुङको अध्यक्षतामा ४७ सदस्यीय जनता समाजवादी पार्टीको पालिका समिति बनाएको छ ।

    समितिको उपाध्यक्ष झुमा पोखरेल, सचिवमा सरोज राई, सह–सचिवमा ढकम राई र सुस्मा रेग्मी तथा कोषाध्यक्ष होमबहादुर मगर चयन भएका छन् । सोही कार्यक्रममा रावाबेँसी गाउँपालिका–१ कुभिण्डेको तीनकुनेमा जनता समाजवादीको पालिका स्तरीय समितिको कार्यालय पनि उद्घाटन गरिएको प्रकाशन तथा प्रचार विभाग प्रमुख खम्बूले बताए । 

    जिल्ला समितिको एकीकरण गर्नु अगाडि हाल संघीय समाजवादीको पालिका स्तरीय समितिलाई जसपामा रुपान्तरण गर्ने कार्यक्रम भइरहेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा एकतापछिको रुपान्तरण टुंग्याइएपछि जिल्ला कार्य समितिको एकता टुंग्याइने संघीय समाजवादीका जिल्ला अध्यक्ष थापाले बताए ।

    Samajbai.jpg

    यस्तै, जनता समाजवादी पार्टी खोटाङले रावाबेँसी गाउँपालिकामा ४९ जनालाई पार्टी प्रवेश गराएको जनाएको छ । पालिका समिति रुपान्तरण एबं पार्टी कार्यालय उद्घाटन कार्यक्रमको अवशरमा बुधबार नेकपाका ढकम राई र सुवास राईको नेतृत्वमा ४९ जनालाई प्रवेश गराइएको जनता समाजवादी पार्टीका प्रकाशन तथा प्रचार बिभाग प्रमुख खम्बूले बताए ।

    नवप्रबेसीलाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एबं प्रदेश समिति सचिव सुर्य राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक थापा, सचिव जिवराज पोखरेल लगायतले स्वागत गरेको जनता समाजवादी पार्टीले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - २२:०१:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको