• ट्रेण्डिङ:

हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको मुद्दाबाट जनआकांक्षा पूरा गर्छौँः राणा

हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको मुद्दाबाट जनआकांक्षा पूरा गर्छौँः राणा

रोदिक खबर

२१, आश्विन २०७७
  • 2.0K
    SHARES
  • हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको मुद्दाबाट जनआकांक्षा पूरा गर्छौँः राणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको मुद्दाबाट जन आकांक्षा पूरा गर्ने बताएका छन् ।

    ‘बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत राणाले आम नागरिक, युवा, बुद्धिजीवी वर्गमा परिवर्तन सार्थक भएन भन्ने बोध व्यापक छ । अकर्मण्य राजनीतिक नेतृत्व, आत्मकेन्द्रीत शासकीय रवैया र लुटका कारण देश ओरालो लाग्दो छ । परराष्ट्र नीति दिशाहीन छ । ‘एकतावद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी दर्बिलो प्रजातान्त्रिक विकल्प बन्ने जनअपेक्षा छ ।’

    राप्रपा (संयुक्त) र राप्रपा एकीकरण भएर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको दल दर्तालाई निर्वाचन आयोगले बुधबार मान्यता प्रदान गरेको सन्दर्भमा उनले भने, ‘आजै मात्र निर्वाचन आयोगबाट राप्रपा दल दर्ताले मान्यता पाएको छ ।

    सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र, सहमति र साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्रको चाहना टड्कारो छ ।’राप्रपा अध्यक्ष राणाले भने, ‘चुनाव चिन्ह ‘हलो’ र ‘गाई’ अकित झण्डा लिएर जनतामा जाऔं । ढिला नगरौं, आम कार्यकर्ता साथीहरूलाई यही आह्वान छ ।’

     

    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - २२:४१:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको