• ट्रेण्डिङ:

साझा पार्टीको प्रवक्तामा पाठक नियुक्त

साझा पार्टीको प्रवक्तामा पाठक नियुक्त

रोदिक खबर

२४, आश्विन २०७७
  • 1.8K
    SHARES
  • साझा पार्टीको प्रवक्तामा  पाठक नियुक्त

    काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ ।  छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको साझा पार्टीको केन्द्रीय सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
    ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए ।

    उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए । उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उमेदवार बनेका थिए ।

    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १३:२१:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको