• ट्रेण्डिङ:

वडा सभापति राईमाथि दुव्र्यहार भएको भन्दै कांग्रेसको आपत्ती 

वडा सभापति राईमाथि दुव्र्यहार भएको भन्दै कांग्रेसको आपत्ती 

रोदिक खबर

२५, आश्विन २०७७
  • 7.5K
    SHARES
  • वडा सभापति  राईमाथि दुव्र्यहार भएको भन्दै कांग्रेसको आपत्ती 

    खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकामा वडाध्यक्षले आफ्नो पार्टीका वडासभापतिमाथि दुव्र्यहार गरेको भन्दै कांग्रेसले आपत्ती जनाएको छ ।

    विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको बैठकमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका वडाध्यक्ष टंक मगरले कांग्रेसका वडा सभापति प्रविण राईलाई दुव्र्यवहार गरेको भन्दै कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २ र कांग्रेस बराहपोखरी गाउँपालिका कार्य समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    कांग्रेसको क्षेत्रीय समिति र गाउँपालिका कार्य समितिले आइतबार छुट्टाछुट्टै विज्ञाप्ति जारी गरी शंखेश्वरी माविको व्यवस्थापन समिति गठनका लागि शनिवार बोलाइएको सर्वदलीय सर्वपक्षीय बैठकमा वडाध्यक्ष मगरले वडा सभापति राईमाथि आक्रमण तथा दुव्र्यहार गर्नु लोकतान्त्रिक मूल्या र मान्यताको ठाडो उल्लंघन भएको जनाएका छन् ।

    कांग्रेसका क्षेत्रीय सभापति तीर्थराज भट्टराई र कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमितिका सभापति खिलाराज राई (दिपक) ले जारी गरेको विज्ञाप्तीमा वडाध्यक्ष मगर जनप्रतिनिधिको मर्यादा, जिम्मेवारी र मानवीयताबाट च्यूत हुँदै गुण्डागर्दी शैलीमा उभिएको उल्लेख छ । कांग्रेसले घट्नाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । 
    विवादकाबीचमा वडाध्यक्ष मगरले सभापति राईलाई बैठक हलबाट बाहिर धकेलेर निकालेको कांग्रेस बराहपोखरी गाउँपालिका कार्य समितिका सभापति राईले बताए ।

    शंखेश्वरी माबिको व्यवस्थापन समिति गठनका लागि शनिवार तेश्रोपल्ट अभिभावक बैठक बोलाइएको थियो । वडाध्यक्ष मगर र वडा सभापति राईबीचको लफडाले तेश्रो पल्टको बैठक पनि विथोलिएको छ ।

    ‘निर्वाचित जनप्रतिनिधि नै भौतिक आक्रमणमा उत्रिनु कत्तिको सान्दर्भिक हुन्छ रु यो गम्भीर विषय बनेको छ,’ कांग्रेस बराहपोखरी गाउँपालिका कार्य समितिको विज्ञाप्तिमा भनिएको छ, ‘जनतालाई शान्ति, सुरक्षा, अमनचयन तथा संविधानको दायराभित्र रही देश र जनताको भलो हुने कार्यमा संलग्न हुन्छु भनी शपथ खाएका व्यक्ति नै भौतिक आक्रमणमा उत्रिनु तथा शैक्षिक संस्थामाथि अमर्यादित तरिकाले हस्तक्षेप गर्नु निन्दनीय कार्य हो ।’ 

    तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष मगरले भने बोल्नका लागि मञ्चमा जानेक्रममा रोष्टम घेरेर अवरोध गरेकाले ‘अनुशासित भएर आफ्नो ठाउँमा बस्न र हो–होल्ला नगर्न’ मात्र भनेको बताए । 

    प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १८:१३:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको