• ट्रेण्डिङ:

अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक शाहलाई

अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक शाहलाई

रोदिक खबर

२६, आश्विन २०७७
  • 3.3K
    SHARES
  • अविश्वासको प्रस्ताव आएपछि  मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक  शाहलाई

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।

    कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्।

    मुख्यमन्त्री शाहीले  सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् ।

    शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।

    आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि  प्रमुख सचेतक शाहले सोमबार नै दलको बैठक बोलाएका छन् ।

    नेकपा कर्णाली प्रदेशमा लामो समयदेखि रस्साकस्सी बहुमत सांसदले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सतहमा आएको छ ।

    karnali-pradesh.jpg

    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १६:२३:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको