• ट्रेण्डिङ:

मन्त्रिपरिषद् पुनर्गठन प्रति अध्यक्ष प्रचण्ड असन्तुष्ट

मन्त्रिपरिषद् पुनर्गठन प्रति अध्यक्ष प्रचण्ड असन्तुष्ट

रोदिक खबर

२८, आश्विन २०७७
  • 2.6K
    SHARES
  • मन्त्रिपरिषद् पुनर्गठन प्रति अध्यक्ष प्रचण्ड असन्तुष्ट


    काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बुधबार भएको मन्त्रिपरिषद पुनर्गठनप्रति असन्तुष्ट भएका छन्। किस्ताकिस्तामा मन्त्रिपरिषद् पुनर्गठन गर्दा बाहिर सन्देश राम्रो नजाने भन्दै प्रचण्डले एकपक्षीय रूपमा पुनर्गठन भएकोमा असन्तुष्टि जनाएका हुन्। 

    प्रचण्डले अनौपचारिक रुपमा आफूनिकट नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीले आफूखुसी पुनर्गठन गरेको भन्दै चित्त दुखाएको एक स्थायी कमिटी सदस्य बताए।

    ‘सरकारले प्रभावकारी काम गर्न नसक्दा पार्टी आलोचित भएको भएको छ। यस्तै तरिकाले अर्को चुनाव जित्न गाह्रो छ,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती स्थायी कमिटी सदस्यले भने, ‘यस्तो बेला अत्यन्तै विवादित र आलोचित मन्त्रीका साथै प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई पनि हटाएर ठूलो संख्यामा मन्त्री हेरफेर गरौं भन्ने थियो। प्रधानमन्त्रीले एक्लौटी ढंगले पुनर्गठन गर्नु भएछ।’

    प्रधानमन्त्रीले स्थायी कमिटी सचिवालय बैठकको स्प्रिटअनुसार पुनर्गठन नभएपछि प्रचण्ड बेखुस बनेका हुन्। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा तीनै जना पूर्वएमाले समूहबाट मन्त्री बनाएका छन्। अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालविकास तथा जेष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठ मन्त्री भएका छन्।

    (नेपाल लाइभ अनलाइनबाट ।)

    प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - २०:१७:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको