खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ ।
अनिच्छाकाबिचमा बसेका गर्भपतनका लागि स्वास्थ्यचौकी बुईपामा बिहिबारदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरिएको हो । औपचारिक कार्यक्रमकाबिच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले सुरक्षित गर्भपतन सेवा उद्घाटन गरेका छन् ।
९ हप्तासम्मको गर्भ पूर्ण गोपनीयताका साथ निःशुल्क र सुरक्षितसाथ पतन गर्नेगरी सेवा सुरु गरिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए ।
जनस्वास्थ्य बिभागबाट गर्भपतन गराउने लाइसेन्स लिएर तथा सो सम्वन्धी तालिम प्राप्त नर्सको व्यवस्था गरेर स्वास्थ्यचौकीमा निःशुल्क गर्भपतन सेवा सुरु गरिएको हो ।
जिल्लाका कतिपय क्लिनिकमा महंगो शुल्क तिरेर जोखिम मोलेर गर्भपतन गर्नुपर्ने वाध्यतालाई मध्यनजर गर्दै स्वास्थ्य चौकीमा निःशुल्क गर्भपतन सेवाको व्यवस्था गरिएको वडाध्यक्ष राईले बताए ।
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा स्वास्थ्यचौकीमा पनि निःशुल्क गर्भपतन सेवा सुरु गरिएको थियो । तर, हाल जनशक्ती अभावका कारण निर्मलीडाँडामा गर्भपतन सेवा अवरुद्ध छ । निर्मलीडाँडामा आवश्यक जनशक्ती जुटाएर पुःन निःशुल्क गर्भपतन सेवा सुचारु गराइने नगरप्रमुख रिजालले बताए ।