नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति खोटाङले ११ जना जिल्ला सदस्य मनोनयन गरेको छ । संघको बुधवार बसेको बैठकले उपाध्यक्षसहित ११ सदस्य मनोनयन गरेको हो ।
जसअनुसार उपाध्यक्षमा गोमा राई, सदस्यहरुमा प्रतिक आचार्य, समीर राई, तेज आले, अर्जुन श्रेष्ठ, प्रमोद राई, अनुष्का बस्नेत, राकेश परियार, अनिष पोखरेल, रोजिना बर्देवा र पार्वती मगरलाई मनोनयन गरिएको अध्यक्ष राजकुमार बस्नेतले बताए ।