बिहिवार, कार्तिक १३ गते २०८३

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

रोदिक खबर

३०, आश्विन २०७७
  • 2.0K
    SHARES
  • राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । आज  बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिँदै यस्तो लेखेका छन् ।

    ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ।

    अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’

    पछिल्लो ३ महिनादेखि नेपालमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । बितेको २४ घण्टाको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - ००:१३:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको