• ट्रेण्डिङ:

प्रधानमन्त्रीलाई देउवाको आग्रह : कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

प्रधानमन्त्रीलाई देउवाको आग्रह : कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

रोदिक खबर

७, कार्तिक २०७७
  • 2.5K
    SHARES
  • प्रधानमन्त्रीलाई देउवाको आग्रह : कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् ।

    देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै यो निर्णयले सरकार जनताप्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको बताएका छन् ।

    सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्ग र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने बताएको छ । अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्छ ।

    आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएको भन्दै उनले भनेका छन्, ‘सरकारले जनताहित, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अवहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’

    कोभिड–१९ नियन्त्रणमा सरकार प्रारम्भदेखि नै गैरजिम्मेवार भएको र महामारीको भयावह अवस्था सिर्जना हुनुमा सरकार जिम्मेवार रहेको उनले बताएका छन् ।

    आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय खारेज गर्नुपर्ने भन्दै देउवाले भनेका छन्, ‘नागरिकको स्वास्थ्य परिक्षणदेखि संक्रमितको उपचारसम्म सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकार र प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’

    प्रकाशित मिति :कार्तिक ७, २०७७ शुक्रवार - ०७:१६:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको