• ट्रेण्डिङ:

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

रोदिक खबर

८, कार्तिक २०७७
  • 3.1K
    SHARES
  • पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराई स्वयंले यसको जानकारी दिएका हुन् ।

    भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।

    सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

    संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् ।

    जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

    कोरना संक्रमणको जानकारी दिदै डा भट्टराईले भनेका छन्

    हिसिला र म दुबैलाई कोभिड(१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छु।

     

    प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ०९:१३:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको