• ट्रेण्डिङ:

घर-डेरामै सीमित रहेर दसैं मनाऔं, आफ्नो परिवारलाई सुरक्षित राखौं : सभापति देउवा

घर-डेरामै सीमित रहेर दसैं मनाऔं, आफ्नो परिवारलाई सुरक्षित राखौं : सभापति देउवा

रोदिक खबर

१०, कार्तिक २०७७
  • 3.4K
    SHARES
  • घर-डेरामै सीमित रहेर दसैं मनाऔं, आफ्नो परिवारलाई सुरक्षित राखौं : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।

    कोभिड-१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि सुझाव दिएका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् ।

    विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार - ०७:४१:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको