• ट्रेण्डिङ:

जसपा सांसदले मासिक १५ हजार लेबी बुझाउनु पर्ने

जसपा सांसदले मासिक १५ हजार लेबी बुझाउनु पर्ने

रोदिक खबर

१२, कार्तिक २०७७
  • 3.5K
    SHARES
  • जसपा सांसदले मासिक १५ हजार लेबी बुझाउनु पर्ने

    जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसदहरूको मासिक लेवी तोकिएको छ । केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय सांसदहरूसँग जनही १५ हजार रुपैयाँ लेवी लिने निर्णय भएको एक नेताले जानकारी दिए ।

    राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकरण भएर बनेको जसपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ जना सांसद छन् ।

    केन्द्रीय कार्यकारी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद र राष्ट्रिय समितिका सदस्यहरूले २५० देखि एक हजार रुपैयाँ मासिक लेबी तोकिएको छ ।

    लेबीबाट संकलित रकमको ३० प्रतिशत पार्टीको केन्द्रीय समिति, ३० प्रतिशत प्रदेश समिति र ४० प्रतिशत स्थानीय तहका समितिले खर्च गर्न पाउनेछन् ।

    प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - १६:०५:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको