• ट्रेण्डिङ:

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न कांग्रेसको माग

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न कांग्रेसको माग

रोदिक खबर

१३, कार्तिक २०७७
  • 3.7K
    SHARES
  • देहरादुनमा कुटिएका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न कांग्रेसको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादुनमा नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीलाई उद्धार गर्न माग गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरु जो जहाँ भएपनि सुरक्षित र निर्भिकतापूर्वक पढ्न पाउनुपर्ने र त्यसको अभिभारा सरकारले लिनुपर्ने बताएका छन् ।

    कुनै बहानामा संसारका विभिन्न देशहरुमा अध्ययन गरिरहेका विद्यार्थी वा अन्य नेपाली नागरिकमाथि दुर्व्यहार भएमा त्यसलाई सरकारले गम्भीरतापूर्वक लिन प्रवक्ता शर्माले आग्रह गरेका छन् ।

    कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ ।” उनले भनेका छन् ।

    विजया दशमीका दिन देहरादुनमा दर्जर्नौ नेपाली विद्यार्थीहरुमाथि भएको कुटपिटका घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र उनीहरुको उद्धार गर्न समेत कांग्रेसले माग गरेको छ ।

    अतः देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरु माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

    साथै आगामी दिनहरुमा नेपाली विद्यार्थीहरुमाथि त्यस्ता घटना हुन नदिन आवश्यक सतर्कता अपनाउन सरकारसँग कांग्रेसले माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकार समक्ष माग गर्दछौं ।”

    भारतको देहरादुनस्थित एक आश्रममा बसेका ५१ भन्दा बढी नेपाली विद्यार्थीमाथि कार्तिक १० गते अर्थात दशैँको टिकाको दिन निर्घात कुटपिट भएको थियो । दशैँमा घर आउन खोज्दा उनीहरुमाथि कुटपिट भएको हो ।

    nepali-congress-2-593x768.jpg

    प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १६:२७:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको