• ट्रेण्डिङ:

मुकेश चौरसिया मृत्यु प्रकरण : पूर्वसांसद गुप्तासहित १२ जनाविरूद्ध किटानी जाहेरी दर्ता

मुकेश चौरसिया मृत्यु प्रकरण : पूर्वसांसद गुप्तासहित १२ जनाविरूद्ध किटानी जाहेरी दर्ता

रोदिक खबर

१३, कार्तिक २०७७
  • 3.8K
    SHARES
  • मुकेश चौरसिया मृत्यु प्रकरण :  पूर्वसांसद गुप्तासहित १२ जनाविरूद्ध किटानी जाहेरी दर्ता

    पर्साको विन्दवासनी गाउँपालिकामा नेकपाको सपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा घाइते मुकेश चौरसियाको मृत्यु भएको घटनामा प्रहरीले पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ।

    मृतकका परिवारले दिएको किटानी जाहेरी प्रहरीले सात दिनपछि आज दर्ता गरेको हो। जाहेरीमा पूर्वसांसद गुप्तासहित १२ जनामाथि ज्यान मार्ने घटनामा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

    ‘जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दर्ता भएको हो,’ एसपी पन्तले भनिन्, ‘मृतकका परिवारको तर्फबाट जाहेरी दर्ता भएको हो।’ यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि गत सातादेखि पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा विरोध र धर्ना कार्यक्रम हुँदै आएको थियो।

    चौरसियाको मृत्यु भएको एक साता भइसकेपनि प्रहरीले जाहेरी नलिएको भन्दै मृतकका परिवारले उनको शव बुझेका थिएनन्।  जाहेरी दर्ता भएपछि चौरसियाको शव बुझ्ने तयारी भएको र भोलि  बिहान पोष्टमार्टम गर्ने तयारी भएको जनाइएको छ । 

    पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको शव अहिले वीरगंजकै नारायणी अस्पतालमा राखिएको छ। झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिए पनि केही घण्टामै उनलाई हिरासतमुक्त गरिएको थियो।  नेकपाका नेता तथा कार्यकर्ता ७ दिनदेखि धर्ना तथा आन्दोलनका कार्यक्रम गर्दै आएका थिए। 

    प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १७:३२:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको