• ट्रेण्डिङ:

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

रोदिक खबर

१८, कार्तिक २०७७
  • 3.8K
    SHARES
  • प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

    गण्डकी । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । केही समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति निजी निवासमा निधन भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए। 

    २०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी त्यसयता नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य थिए । सामाजिक क्षेत्रमा पनि उनको उच्च योगदान रहेको छ ।

    समाजसेवा तथा दान दातव्यमा उनी मन फुकाएर सहयोग गर्ने गर्थे।  केसीले तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाएका थिए ।

    उनीराष्ट्रिय प्रजातन्त्र पार्टीमा रहँदा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीका साथै पहिलो संविधानसभामा संविधानसभा सदस्य बनेका थिए ।  व्यवसायीक रुपले पनि निकै चर्चित केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक थिए । उनको जलविद्युत क्षेत्रमासमेत ठूलो लगानी रहेको थियो ।

    केसी माछापुच्छ्रे बैंकका संस्थापक समेत रहेका थिए। केसी संस्थापक भएरै शुरु गरेको माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय अहिहले पनि पोखरा नै रहेको छ ।   सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ । 

     कोरोना भाइरसको महामारी फैलिएसँगै उनको मिर्गौला रोगको नियमित फलोअप समेत हुन पाएको थिएन। फलोअपका लागि उनी भारतको नयाँ दिल्ली जाने गर्ने । त्यहि उनको उपचारपछि नियमित फलोअप हुँदै आएको थियो।  सांसद केसी लामो समयदेखि सुगर र उच्च रक्तचापका पनि बिरामी थिए । 

    नेपालकै पहिलो चाउचाउ (आहा रारा) उद्योग शुरु गरेका केसीले २०२३ सालमा राइस मिल, २०२८ सालदेखि निर्माण व्यवसायीमा आबद्ध भएका थिए । १४ वर्षदेखि व्यावसायिक यात्रामा होमिएका केसी सामाजिक, राजनीतिक, ऊर्जा, खाद्य, बैंकिङ, उद्योग लगायतका क्षेत्रमा लाग्दै आएका थिए । केसीका श्रीमती र तीन जना छोरा छन् ।

    प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - १३:२३:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको