• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीका नेताको मृत्यु

कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीका नेताको मृत्यु

रोदिक खबर

१८, कार्तिक २०७७
  • 2.3K
    SHARES
  • कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीका नेताको मृत्यु

    विराटनगर । जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो) कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समययता लड्दै आएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो ।

    २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि इस्बोलाई १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुन । उनी धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका थिए । उनी जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन् ।

    प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - १३:३४:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको