• ट्रेण्डिङ:

पार्टी गम्भीर मोडमा पुगेको भन्दै ओलीले मागे माधव नेपालको सहयोग

पार्टी गम्भीर मोडमा पुगेको भन्दै ओलीले मागे माधव नेपालको सहयोग

रोदिक खबर

२३, कार्तिक २०७७
  • 3.8K
    SHARES
  • पार्टी गम्भीर मोडमा पुगेको भन्दै ओलीले मागे माधव नेपालको सहयोग

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग मागेका छन् ।

    पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको दावी गर्दै यस्तो अवस्था केही न केही गर्नुपर्ने भन्दै ओलीले माधव नेपालको सहयोग मागेको बैठकमा सहभागी एक नेताले बताए ।

    ‘प्रधानमन्त्रीले पार्टी अन्यन्तै दयनीय अवस्थामा पुगेको बताउनुभयो । यसअघि विवाद मिलाउन कार्यदल गठन गर्नु भन्दा अघिकै अवस्थामा पुगेको छ । यस्तो हो भने किन बसिरहने त रु तपाईँको सहयोग चाहियो भनेर माधव कमरेडलाई भन्नुभयो’, बैठकमा सहभागी ती नेताले भने ।

    तर नेता नेपालले पार्टी यो अवस्थामा पुग्नुमा ओलीनै कारक रहेको भन्दै सच्चिन आग्रह गरेका थिए । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिएका थिए ।

    तर ओलीले मदन भण्डारी फाउन्डेसन र जबजका कार्यक्रम हुनै पनि हालतमा नरोकिने अडान लिएका थिए ।

    प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - १९:०२:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको