• ट्रेण्डिङ:

विहान उठ्ने बित्तिकै ५ मिनेट लामो श्वास लिँदा हुन्छन् यति धेरै फाइदा !

विहान उठ्ने बित्तिकै ५ मिनेट लामो श्वास लिँदा हुन्छन् यति धेरै फाइदा !

रोदिक खबर

२४, कार्तिक २०७७
  • 4.6K
    SHARES
  • विहान उठ्ने बित्तिकै ५ मिनेट लामो श्वास लिँदा हुन्छन् यति धेरै फाइदा !

    काठमाडौं । श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्पस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ ।

    विहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्नुपर्दछ । त्यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदाहरु यस प्रकारका छन्ः

    1. तनावमुक्त बनाउँछ

    गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँदछ र तनाव, चिन्ता र त्रास घटाउँछ ।

    2. शरिरको बिष फालिदिन्छ

    श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निष्कासन गरिदिन्छ ।

    3. दिमागलाई शान्त बनाइदिन्छ

    अत्यधिक तनाव र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

    4. अन्य अंगलाई पनि सहयोग

    गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह गरिदिन्छ । एजेन्सी तथा लोकपथ डटकमको सहयोगमा

    प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - ०७:२५:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको