• ट्रेण्डिङ:

सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्छ : अर्थमन्त्री  पौडेल

सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्छ : अर्थमन्त्री  पौडेल

रोदिक खबर

२६, कार्तिक २०७७
  • 3.9K
    SHARES
  • सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्छ  :  अर्थमन्त्री  पौडेल

    काठमाडौं ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ ले पारेको प्रतिकूलता न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनः उत्थान गर्न सकिने बताएका हुन्। उनले त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको बताए। 

    प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योग चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको अर्थमन्त्री पौडेलले बताए । बजेटमा उल्लेख गरिएका राहत र पुनरुत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गरिने पनि  उनले बताए। 

    अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने बताए। 

    चेम्बरका अध्यक्ष श्रेष्ठले क्रयशक्ति बढाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरेका थिए।  चेम्बरले अर्थमन्त्री पौडेललाई २२ बुँदे सुझावसमेत दिएको छ। 

    प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - २०:११:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको