• ट्रेण्डिङ:

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

१, मंसिर २०७७
  • 2.0K
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २३० पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ९३४ रहेको छ । नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख १३ हजार ९११ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १३ रहेको छ ।

    प्रकाशित मिति :मंसिर १, २०७७ सोमवार - १८:३६:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको