• ट्रेण्डिङ:

खोटाङका ५१ जनाले जिते कोरोना 

खोटाङका ५१ जनाले जिते कोरोना 

रोदिक खबर

५, मंसिर २०७७
  • 3.6K
    SHARES
  • खोटाङका ५१ जनाले जिते कोरोना 

    खोटाङ ।  खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या ६८ पुगेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका कुल संक्रमितमध्ये हालसम्म ५१ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । हाल १६ जना संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    जिल्लामा कोभिड–१९ बाट संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढि संक्रमित भेटिएका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट १ हजार ११ जनाको पिसिआर परीक्षणमा पठाइएकोमा ४९ जनालाई संक्रमण भएको पूष्टि भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितभित्र प्रहरी जवान पनि छन् । 

    यस्तै, साकेला गाउँपालिकाबाट २५८ जनाको पिसिआर परीक्षणमा पठाउँदा ५ जना, हलेसी तुवाचुङ नगरपालिकाबाट ३०१ जनाको नमूना पिसिआर परीक्षणमा पठाइएकोमा ४ जना, खोटेहाङ गाउँपालिकाबाट १३३ जनाको पिसिआर परीक्षणमा पठाइएकोमा ४ जना, जन्तेढुंगा गाउँपालिकाबाट १२४ जनाको पिसिआर परीक्षणमा पठाउँदा २ जना पूष्टि भएको छ  ।

    यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट १४६ जनाको पिसिआर परीक्षणमा पठाउँदा १ जना, ऐसेलुखर्क गाउँपालिकाबाट ७३ जनाको पिसिआर परीक्षणमा पठाउँदा १ जना, बराहपोखरी गाउँपालिकाबाट ५७ जनाको पिसिआर परीक्षणमा पठाइएकामा १ जना र केपीलासगढी गाउँपालिकाबाट ८९ जनाको पिसिआर परीक्षण गर्दा १ जनालाई संक्रमण पूष्टि भएको प्रशासनले जनाएको छ । 

    संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ जना र साकेला गाउँपालिकाका १ जना उपचारमै छन् । हालसम्म रावाबेँसी गाउँपालिकामा कुनैपनि संक्रमित फेला परेका छैनन् । 

    लकडाउन खुलेपछि र लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालन सुरु भएपछि आवागमन बढ्दा जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ । तर, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा बेवास्ता बढिरहेको छ । हाल हाटबजारमा अधिक भिड लाग्ने गरेको छ । 

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १६:३४:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको