• ट्रेण्डिङ:

हलेसी तुवाचुङ नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा 

हलेसी तुवाचुङ नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा 

रोदिक खबर

११, मंसिर २०७७
  • 5.3K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा 

    खोटाङ । कोभिड–१९ को महामारीलाई लक्षित गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन ल्याएको छ ।

    कोरोना भाइरसको संक्रमण दर फैलिरहेको अवस्थामा भयवह अवस्था आएमा नागरिकको सहज उपचार व्यवस्थापनका हलेसी तुवाचुङ नगरपालिकाले दुर्छिम स्वास्थ्य चौकीमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । बिहीवारबाट सञ्चालनमा ल्याइएको अस्पतालको नगरप्रमुख इवन राई  र उपप्रमुख बिमला रार्ईले  संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    a.jpg

    अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले उपलव्ध गराएको १० लाख र नगरपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने गरी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।  

    अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि नगरपालिकाले एमबिबिएस डाक्टर कृष्णकुमार राउतसहित र एक जना स्टाफ नर्स नियुक्त गरेको छ भने आवश्यक स्वास्थ्यकर्मी थप गर्दै लैजाने जनाएको छ ।

    नगरपालिकामा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिए । 

    ad1.jpg

    वडाध्यक्ष रमेश तिवारीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि,स्वास्थ्य संयोजक एवम् स्वास्थ्यकर्मीहरू तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको जनाइएको छ । 

    ad.jpg

    प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - २०:५६:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको