• ट्रेण्डिङ:

स्वास्थ्य कार्यालयको नयाँ भवन हस्तान्तरण

स्वास्थ्य कार्यालयको नयाँ भवन हस्तान्तरण

रोदिक खबर

१२, मंसिर २०७७
  • 5.1K
    SHARES
  • स्वास्थ्य  कार्यालयको नयाँ भवन हस्तान्तरण


    खोटाङ । शहरी विकास तथा भवन निर्माण विभागको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङगाले स्वास्थ्य कार्यालय खोटाङको नयाँ भवन हस्तान्तरण गरेको छ ।

    सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर रवि साहले स्वास्थ्य कार्यालय खोटाङका निमित्त प्रमुख छविलाल आचार्यलाई शुक्रवार नयाँ भवन हस्तान्तरण हुन् ।

    आयोजनाको २ करोड ३६ लाख ६९ हजार ९ सय २२ रुपैयाको लागतमा बनेको तीन तले भवन चार वर्ष लगाएर निर्माण गरिएको थियो । खानी निर्माण सेवाले ठेक्का लिएको भवनमा एटेज वाथरुम सहितको २५ ओटा कोठा रहेका छन् ।

    भवनभित्रै चिसो पानी र तातोपानीको व्यवस्था रहने गरी भौतिक संरचना निर्माण गरिएको निर्माण कम्पनीका प्रतिनिधी रमेश पौडेल (दिनेश) ले बताए ।

    he.jpg

    भवनको पहिलो तलामा जिल्ला अस्पतालबाट प्रवाह गरिने ल्याब तथा इमेर्जेन्सी सहितको सेवा उपलब्ध गराइनेछ । दोस्रो तलामा स्वास्थ्य कार्यालय रहने र तेस्रो तलामा कर्मचारी आवास रहने गरी व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    २०७३ बैशाख ३० गते सम्झौता गरेर २०७७ असोज ३० गते निर्माण कम्पनीले भवन सम्पन्न गरेको भएपनि कोभिड–१९ को कारण भवन हस्तान्तरणमा केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । नया भवनबाट कार्यालय व्यवस्थापन गरि चाडै नै सेवासुविधा उपलव्ध गराइने छ ।

    jan.jpg

    भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेपाल कम्युनिष्ट पार्टी खोटाङका कार्यलय सदस्य कुमार आचार्य, नेपाली कांग्रेसकी जिल्ला सदस्य डिल्लीकुमारी आचार्य, वडाध्यक्ष टंकप्रसाद आचार्य, जिल्ला अस्पताल खोटाङ प्रमुख रविन फुयाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - १९:३४:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको