शुक्रवार, भाद्र २६ गते २०८३

प्रतिनिधि सभा निर्वाचन: सरकारले टु‌ंगो लगायो , पहिलो चरणमा ४०, दोस्रो चरणमा ३७ जिल्लामा

प्रतिनिधि सभा निर्वाचन: सरकारले टु‌ंगो लगायो , पहिलो चरणमा ४०, दोस्रो चरणमा ३७ जिल्लामा

रोदिक खबर

२७, माघ २०७७
  • 3.4K
    SHARES
  • प्रतिनिधि सभा निर्वाचन: सरकारले टु‌ंगो लगायो ,  पहिलो चरणमा ४०, दोस्रो चरणमा ३७ जिल्लामा

    काठमाडौं ।  सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ। 

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो।  बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। 

    त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए। तर, संसद विघटन  विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो  लगाएको छैन्। 

    प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १४:३५:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको