शुक्रवार, भाद्र २६ गते २०८३

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई हराउँदै खिमलाल विजयी

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई हराउँदै खिमलाल विजयी

रोदिक खबर

६, जेठ २०७८
  • 2.8K
    SHARES
  • राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई हराउँदै खिमलाल विजयी

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

    बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए । 

    स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । 
    त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

    देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १७:३१:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको