शुक्रवार, भाद्र २६ गते २०८३

बहुमत सांसदको हस्ताक्षर लिएर देउवासहित विपक्षी दल शीतलनिवासमा

बहुमत सांसदको हस्ताक्षर लिएर देउवासहित विपक्षी दल शीतलनिवासमा

रोदिक खबर

७, जेठ २०७८
  • 2.3K
    SHARES
  • बहुमत सांसदको हस्ताक्षर लिएर देउवासहित विपक्षी दल शीतलनिवासमा

    काठमाडाैं । विपक्षी गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाएका छन्। शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठकले नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाएको हो।

    कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको पक्षमा १ सय ४९ जना सांसदको समर्थन जुटाएको नेता गगन थापाले जानकारी दिए ।

    उनका अनुसार माधव नेपाल पक्षका २७ जना सांसदले हस्ताक्षर गरेका छन्। यस्तै कांग्रेसका ६१, माओवादीका ४९ र जसपाका १३ सांसदले हस्ताक्षर गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार २१ घण्टाको समय दिएर शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्।

    प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १५:३९:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको