मंगलवार, कार्तिक ११ गते २०८३

अनेरास्ववियु (क्रान्तिकारी) द्वारा एमसीसीको विषयमा सडक जनमत संग्रह

अनेरास्ववियु (क्रान्तिकारी) द्वारा एमसीसीको विषयमा सडक जनमत संग्रह

रोदिक खबर

११, फाल्गुण २०७८
  • 2.6K
    SHARES
  • अनेरास्ववियु (क्रान्तिकारी) द्वारा एमसीसीको विषयमा सडक जनमत संग्रह

    खोटाङ । अनेरास्ववियु (क्रान्तिकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत संग्रह गरेको छ । एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत संग्रह गरेको हो । 

    सडकमै मत पेटिका राखेर गरिएको जनमत संग्रहमा कुल २०७ मत खस्दा १९२ मत एमसीसी पारित गर्नुहुन्न भन्ने पक्षमा र १४ मत एमसीसीको पारित गर्नुपर्छ भन्ने पक्षमा मत खसेको अनेरास्ववियु (क्रान्तिकारी)का नेता पारस बिराटले बताए ।

    खसेका मत मध्ये एक मत बदर भएको छ । एमसीसी यथास्थितिमा पास नगर्नका लागि दवाव सिर्जना गर्न पनि सडक जनमत संग्रह गरिएको नेता पारस बिराटले बताए । ‘स्वाधिन देशमाथि हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्न लडिरहेका छौँ ।

    सत्ताको आगो ताप्नेलाई एमसीसी पास गर्नुहुन्न भनेर खबरदारी गरिरहेका छौँ, उनीहरुलाई सुनाउनका लागि जनमत संग्रह गरिएको हो,’ पारस बिराटले भने, ‘सत्तामा बस्नेले याद राखुन्, जनता एमसीसीको पक्षमा छैनन्, एमसीसीको पक्षमा हामी छैनौं । कुर्सीको प्रलोभनमा बस्नेले एकचोटी सुनुन्, स्वतन्त्रता सम्झिउन्, सार्वभौमसत्ता सम्झिउन्, संविधान सम्झिउन्, लाखौं शहीदको बलीदानबाट आएको संविधान सम्झिउन् । एमसीसीले देशको सार्वभौमसत्तामा दुरगामी असर गर्नेवाला छ ।’ 

    सडक जनमत संग्रहको परिणामलाई जिल्ला प्रशासन कार्यालयमार्फत सरकार समक्ष पठाइने अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ । सडक जनमत संग्रहको मत सडकमै गणना गरिएको थियो । 

    प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - २१:२२:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको