शुक्रवार, भाद्र २६ गते २०८३

ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी 

ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी 

रोदिक खबर

२, जेठ २०७९
  • 4.0K
    SHARES
  • ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी 

    खोटाङको ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवार श्रीबहादुर राईलाई हराउदै गाउँपालिका अध्यक्षमा गिरेन्द्रबहादुर राई विजयी भएका हुन् ।

    गाउँपालिका अध्यक्षमा निर्वाचित गिरेन्द्रले २६०६ मत पाएका छन्, भने श्रीबहादुर २४४० मत पाएका छन् भने स्तन्त्र उम्मेदवार सन्तवीर तामाङले १००७ मत पाएका छन् । 

    उपाध्यक्षमा गठबन्धनका उम्मेदवार राजेशकुमार राजभण्डारी विजयी भएका छन् । राजभण्डारीले  ३१४६ र एमालेकी उम्मेदवार पुष्पकला भुजेलले २५२९ मत ल्याएकी छन् । 

    यस्तै, वडाध्यक्षहरुमा १ नं. वडा अध्यक्षमा पुरूषोत्तम राजभण्डारी (माओवादी), २ नं. वडा अध्यक्षमा नन्दबहादुर तामाङ (एमाले), ३ नं. वडा अध्यक्षमा टेकेन्द्र राजभण्डारी (एमाले), ४ नं. वडा अध्यक्षमा भक्तबहादुर तामाङ (माओवादी), ५ नं. वडा अध्यक्षमा टंकराम राई (कांग्रेस), ६ नं. वडा अध्यक्षमा सुनिल राई (कांग्रेस), ७ नं. वडा अध्यक्षम अरूण राई (एमाले) निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - ०७:४९:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको