शुक्रवार, भाद्र २६ गते २०८३

बरापोखरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस विजयी

बरापोखरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस विजयी

रोदिक खबर

२, जेठ २०७९
  • 3.8K
    SHARES
  • बरापोखरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस विजयी

    खोटाङको बराहपोखरी गाउँपालिकामा गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालकी गोमा मगरलाई हराउदै गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित बञ्जराले ३१८१मत पाएका छन्, भने गोमाले २६९४ मत पाएका छन् । 


    उपाध्यक्षमा गठबन्धनकै तर्फबाट एकीकृत समाजवादी पार्टीका उम्मेद्वार भुवलराज राई विजयी भएका छन्। उपाध्यक्षमा भुवलराजले २३३० मत प्राप्त गर्दा एमालेका जीवन राईले २२९५ मत प्राप्त गरेका हुन्। कांग्रेसबाटै बञ्जरा यस अघि पनि पालिका अध्यक्ष थिए। एमालेकी अध्यक्षका उम्मेदवार निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । 

    यसैगरी, वडातर्फ बराहपोखरी  १ बराहपोखरीमा कांग्रेसबाट ढकबहादुर कार्की, बराहपोखरी  २ सुन्तलेमा माओवादीबाट पदम मगर, बराहपोखरी  ३ साउनेचौरमा एमालेबाट ताराकान्त राई, बराहपोखरी  ४ फाक्टाङमा कांग्रेसबाट सन्तोष आचार्य, बराहपोखरी  ५ पौवासेरामा एमालेबाट फौदराज राई र बराहपोखरी  ६ मौवाबोटेमा माओवादीबाट दुर्गाबहादुर राई विजयी भएका छन्।

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - ०९:०५:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको