शुक्रवार, भाद्र २६ गते २०८३

केपीलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता समाजवादी विजयी 

केपीलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता समाजवादी विजयी 

रोदिक खबर

२, जेठ २०७९
  • 5.6K
    SHARES
  • केपीलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता  समाजवादी विजयी 

    खोटाङको केपीलासगढी गाउँपालिकामा गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

    नेकपा एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राईलाई हराउदै गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित समिरले २२४४ मत पाएका छन्, भने माइतीराजले १८०८ मत पाएका छन् । एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १७४४ मत पाएका छन् । कृष्णकुमार निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । 

    उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार गुरुराज राई विजयी भएका छन् । राईले १९८३, एमालेकी उम्मेदवार मैया सुनुवारले १७६१ मत र काग्रेसकी राधा पुरीले १७४५मत ल्याएका छन् । 

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - ०९:२७:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको