खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का वडाध्यक्षमा विजयी भएका छन् । खडकाले ३४० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका छत्रकुमार खड्काले ३२७ प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका लक्ष्मी श्रेष्ठले २६८ मत प्राप्त गरेका छन् ।